Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा (भिडियो सार्वजनिक)


काठमाडाैं ।तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ ।

गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुधुर आवाज दिएकि छन ।

बातावमै गीत एकदम सुमधुर बनेको छ, गीत जत्तिकै मिठास भिडियोमा पनि हामीले उतारेका छौं भन्छन, भिडियो निर्देशक युवराज वाईबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ।

भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?