Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा (भिडियो सार्वजनिक)


काठमाडाैं ।तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ ।

गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुधुर आवाज दिएकि छन ।

बातावमै गीत एकदम सुमधुर बनेको छ, गीत जत्तिकै मिठास भिडियोमा पनि हामीले उतारेका छौं भन्छन, भिडियो निर्देशक युवराज वाईबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ।

भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?