Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रहरीले अनुसन्धान गर्नुपर्ने गरी भएकाे के थियाे राप्रपा बैठकमा? (भिडियाेसहित)


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला एक नेता कुटिएका छन् । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि राप्रपा केन्द्रीय कार्यालयमा कुटपिट भएको हो । कार्यसम्पादन समितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रममा नेता श्रेष्ठले उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि विवाद भएको नेताहरूले बताएका छन् ।

भ्रष्टाचारी भनेपछि विवाद बढेको र ब्रेकपछि बैठक बस्न लाग्दा पाण्डेसमर्थकले श्रेष्ठमाथि कुटपिट गरेको दाबी छ । श्रेष्ठलाई भिडले लखेटी लखेटी कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ । कुटपिटमा परेका श्रेष्ठ एपीएफका पूर्व एआईजीसमेत हुन् ।

कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका पूर्वएआईजी समेत रहेका श्रेष्ठले पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको बताए । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?