Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रहरीले अनुसन्धान गर्नुपर्ने गरी भएकाे के थियाे राप्रपा बैठकमा? (भिडियाेसहित)


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला एक नेता कुटिएका छन् । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि राप्रपा केन्द्रीय कार्यालयमा कुटपिट भएको हो । कार्यसम्पादन समितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रममा नेता श्रेष्ठले उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि विवाद भएको नेताहरूले बताएका छन् ।

भ्रष्टाचारी भनेपछि विवाद बढेको र ब्रेकपछि बैठक बस्न लाग्दा पाण्डेसमर्थकले श्रेष्ठमाथि कुटपिट गरेको दाबी छ । श्रेष्ठलाई भिडले लखेटी लखेटी कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ । कुटपिटमा परेका श्रेष्ठ एपीएफका पूर्व एआईजीसमेत हुन् ।

कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका पूर्वएआईजी समेत रहेका श्रेष्ठले पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको बताए । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?