Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

नारायण दाहालकाे आक्राेश-‘म प्रचण्डकाे भाइ भएर अवसर पाएकाे हाेइन !’


काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए ।

जवाफमा दाहालले पार्टीमा आफ्नो योगदान अनुसार जिम्मेवारी पाएको दाबी गरे । आफूलाई विगतदेखि नै प्रचण्डको भाइ भन्दै आलोचना गर्ने गरिएको दाहालले गुनासो गरे । ‘यो कुरा (प्रचण्डको भाइ भन्ने कुरा) सुन्दा सुन्दा मेरो कान पाकिसके, भन्दा भन्दा मुख थाकिसके । यो अहिले होइन २०६३ सालमा जुन बेला म अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ त्यो बेलादेखि यस्तो कुरा गर्नेहरु छन्’ दाहालले भने ।

पार्टीभित्रै पनि नेताहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनी टिप्पणी गरेको भन्दै उनले रोष प्रकट गरे । ‘एउटा पार्टीको सहइन्चार्जमा जाँदा पनि त्यो खाल (प्रचण्डको भाइ भएर अवसर पाएको) को आरोप लाग्ने गरेको छ’ दाहालले नेता शर्मालाई प्रश्न गरे, ‘म २०३६ सालमा यो पार्टीमा प्रवेश गर्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो ? जसलाई पार्टीमा कुन बेला कसरी लागेँ, युद्धमा म कहाँ कसरी खटेँ भन्ने थाहै छैन उसैले प्रश्न गर्दा त्यो कति न्यायसंगत हुन्छ ?’


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?