Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

नारायण दाहालकाे आक्राेश-‘म प्रचण्डकाे भाइ भएर अवसर पाएकाे हाेइन !’


काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए ।

जवाफमा दाहालले पार्टीमा आफ्नो योगदान अनुसार जिम्मेवारी पाएको दाबी गरे । आफूलाई विगतदेखि नै प्रचण्डको भाइ भन्दै आलोचना गर्ने गरिएको दाहालले गुनासो गरे । ‘यो कुरा (प्रचण्डको भाइ भन्ने कुरा) सुन्दा सुन्दा मेरो कान पाकिसके, भन्दा भन्दा मुख थाकिसके । यो अहिले होइन २०६३ सालमा जुन बेला म अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ त्यो बेलादेखि यस्तो कुरा गर्नेहरु छन्’ दाहालले भने ।

पार्टीभित्रै पनि नेताहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनी टिप्पणी गरेको भन्दै उनले रोष प्रकट गरे । ‘एउटा पार्टीको सहइन्चार्जमा जाँदा पनि त्यो खाल (प्रचण्डको भाइ भएर अवसर पाएको) को आरोप लाग्ने गरेको छ’ दाहालले नेता शर्मालाई प्रश्न गरे, ‘म २०३६ सालमा यो पार्टीमा प्रवेश गर्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो ? जसलाई पार्टीमा कुन बेला कसरी लागेँ, युद्धमा म कहाँ कसरी खटेँ भन्ने थाहै छैन उसैले प्रश्न गर्दा त्यो कति न्यायसंगत हुन्छ ?’


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?