Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार अर्थात फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

सभाको प्रमुख अथिति महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तथा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक अध्यक्ष एमव् पुर्व सांसद तुलसी थापाको रहनु भएको थियो । सभाबाट संस्थापक तर्फबाट पुन : तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

त्यसै गरी सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?