Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या


कैलाली । कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो ।

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए । बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ सुरुवातमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए ।

खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ । भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ । मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिङ्गर र फ्राई माछाका भुरा उत्पादन गर्दै आएको छ । झण्डै पाँच दशक वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीको मर्मत गर्न सकिएको छैन । भुरा राख्न नयाँ पोखरी निर्माण गर्नुपर्ने निमित्त प्रमुख खातीले बताए ।

“बजेट अभावले जीर्ण संरचना मर्मत गर्न सकिएको छैन”, उनले भने ।

मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी भुरा उत्पादन गरिएकामा चालु आव २०८०/८१ मा चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य छ । तीस कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने निमित्त प्रमुख खातीले वताए । उनले भने, “क्षेत्र विस्तार भएपछि आठ करोड भुरासम्म उत्पादन गर्न सकिन्छ । सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति गर्न सकिन्छ ।”

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको काम बजेट अभावमा पूरा हुन सकेको छैन् । सो ह्याचरीको काम पूरा गर्न सकियो भने एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो ।

मत्स्य विकास केन्द्रले एक लाख भुरा रु दुई हजार पाँच सयमा बिक्री गर्दै आएको छ । केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दियालगायत जिल्लामा बिक्री गरिँँदै आएको छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?