Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै


काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो ।

प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले राससलाई जानकारी दिनुभयो । प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उहाँले बताउनुभयो । प्रतिवेदन तयार भएपछि मिचिएका जग्गालाई सार्वजनिक उपभोगमा ल्याउन पहल थालिने भएको छ । सार्वजनिक जग्गा संरक्षण र मापदण्ड पालनामा प्राधिकरण लागिपरेको छ । प्राधिकरणले बल्खु खोला नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान पनि सुरु गरेको जनाएको छ ।

काठमाडौँ उपत्यकाका अन्य नदी किनार दायाँबायाँका जग्गाको पनि संरक्षण गरिने भएको छ । मिचिएका नदी किनारका जग्गाको संरक्षण गरी विपद् व्यवस्थापनका लागि उद्यान निर्माण गरिने प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?