Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

घरमै पुगेर अपाङ्गता परिचयपत्र


४ चैत्र, तनहुँ । तनहुँको व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छन् ।

उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान पर्नुभएकी व्यास–१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका हुन् । अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त) को परिचयपत्र दिएका छन् । अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताए । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उहाँको भनाइ छ ।

नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिए । उनका अनुसार अति अशक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ ।

त्यस्तै व्यास–१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र विरतण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउँछन् । “हिँड्डुल तथा शौचका लागिसमेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ”, उनले भने ।

शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?