Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विकल्प अर्को गठबन्धन या मध्याबधि: प्रदेशमा काे कता?


काठमाडाैं । सत्ता गठबन्धनबाट कांग्रेस बाहिरपछि कांग्रेसले तीन मुख्यमन्त्रीसहित ६ प्रदेश सरकार गुमाउने भएकाे छ । एक वर्षपछि सत्तामा फर्किँदै छ एमाले । मधेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने भएको छ । नयाँ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई समावेश गर्ने प्रयास गरिरहेका छन् । तर, जनमतले सत्ता गठबन्धन सामेलका लागि मधेश प्रदेशको मुख्यमन्त्री पहिलो सर्त राखेको छ । यस्ताे छ अंकगणितः

१. कोशीः जम्माः ९३, बहुमत ४७ ,एमाले ४०, माओवादीको १३ र जसपाको १ ले स्पष्ट बहुमत पुगेपनि संवैधानिक कारणले गठबन्धन सरकार बन्न सर्वोच्च अदालत कारक हुने । नेपाली कांग्रेसः २९

२. मधेशः जम्मा १०७, बहुमत ५४ । एमाले २३, माओवादी ८ र जसपा १६ गरी जम्मा ४७ मात्रै । बाँकी ७ को लागि कि त लोसपा ९ वा समाजवादी ७ को भर पर्नुको विकल्प छैन । नेपाली कांग्रेसः २२

३. बागमतीः जम्मा ११०, बहुमत ५६ । एमाले २७ र माओवादी २१ गरी जम्मा ४८ मात्रै । बाँकी ७ सिटको लागि समाजबादी ७ बाहेक अरु विकल्प छैन । नेपाली कांग्रेसः ३७

४. गण्डकीः जम्मा ६०, बहुमत ३१ । एमाले २२ र माओवादी ८ गरी ३० मात्रै । बाँकी १ को लागि समाजबादी १ बाहेक अरु विकल्प छैन । नेपाली कांग्रेसः २७

५. लुम्बिनीः जम्मा ८६, बहुमत ४४ । एमाले २९, माओवादी १० र जसपा ३ गरी जम्मा ४२ । बाँकी २ स्थानमा समाजबादी १ र नाउपा ४ वा लोसपा ३ मध्ये एक अनिवार्य । नेपाली कांग्रेसः २७

६. कर्णालीः जम्मा ४०, बहुमत २१ । माओवादी १३ र एमाले १० गरी २३ । अरु कोही नभएपनि हुने । नेपाली कांग्रेसः १४

७. सुदुर पश्चिमः जम्मा ५३, बहुमत २७ । माओवादी ११ र एमाले १० गरी जम्मा २१ बाँकी ६ स्थानमा समाजबादी ४ जोड्दा नि नपुग्ने । नाउपा ७ अनिवार्य । नेपाली कांग्रेसः १९ अब कहाँ कहाँ गठबन्धनको सरकार बन्ने ? कहाँ कहाँ नेपाली कांग्रेसले अर्को गठबन्धन बनाउने र कहाँ कहाँ मध्याबधि गर्ने ?


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?