Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

रास्वपाकाे बटमलाइन गृह, अर्थ मन्त्रालय पाउलान स्वर्णिमले?


मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

काठमाडौं । नयाँ सत्ता गठबन्धनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयल सहित न्युनतम ४ मन्त्रालयमा दाबी गरेको छ। गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ । रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।  रास्वपाले स्वर्णिम वाग्लेकाे नाममा अर्थ मन्त्रालमा समेत दाबी गरिरहेकाे छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?