Trending
>>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

वायोग्यास प्लान्ट मर्मत गर्दै काठमाडाैँ महानगर, सञ्चालनका लागि एक साता लाग्ने


४ चैत्र, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ ।

पाँच वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अब एक हप्ता लाग्छ । मर्मत कार्य सकिए पनि सञ्चालनमा ल्याइने योजना रहेको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मर्मतको लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय भएर काम भईरहेको छ । प्लान्टको केही भित्रि इन्जिन फेर्न पर्ने भएकाले अहिले उक्त कार्य भइरहेको छ ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।

प्लान्ट सञ्चालनको मुख्य लक्ष्य कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका गर्नु हो । उक्त परियोजनामा युरोपियन युनियनले रु चार करोड ६० लाख र कामपाले रु एक करोड ८२ लाख लगानी गरेका थिए ।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ ।

विसं २०७० सालदेखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएको भए पनि २०७४ सालदेखि आधिकारिकरूपमा सञ्चालन गरिएको थियो । केही समयमात्र सञ्चालन भएर दक्षजनशक्ति अभावका कारण पुनः बन्द भएको थियो । प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपाले कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

कुहीने फोहर व्यवस्थापनकै लागि विभागले कम्पोष्ट मल उत्पादन कार्य पनि सुरु गरेको छ । एक महिनाअघि टेकुबाट मल उत्पादन सुरु गरेको कामपाले अहिले अन्य एक स्थानबाट पनि उक्त कर्य सुरु गरेको छ । परीक्षणका रुपमा गरिएको उक्त काम सफल भए अन्य स्थानमा पनि विस्तार गर्ने योजना कामपाको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?