Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप


मान्म,कालीकोट। कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइको हो ।

यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । “फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो”, उनले भने ।

त्यस्तै, फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । उक्त जिल्लाका नौ वटा पालिकाका दुई सय २७ भन्दा बढी खोप केन्द्र्रबाट खोप अभियान सञ्चालन गरिएको महत जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाका दुई हजार दुई ८५, पलाताका दुई हजार तीन सय ८३ , नरहरिनाथका दुई हजार आठ सय २७, महावैका एक हजार ९२, तिलागुफाका एक हजार आठ सय ९० लाई खोप दिइएको महतले बताए ।

उनका अनुसार रास्कोट नगरपालिकाका दुई हजार दुई सय ६२, सान्नीत्रिवेणीका एक हजार सात सय, पचालझरनाका एक हजार छ सय ५४ र शुभकालिकाका एक हजार पाँच सय ४३ बालबालिकालाई खोप दिइएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?