Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान् चाडको रुपमा मनाउने


काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरूको महान् चाडको रुपमा मनाउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरूको महान् चाडका रुपमा मनाउने घोषणा गरे । सो महासंघले फागुन २१ गते आन्दोलनको ७७औँ वार्षिकोत्सव मनाउने बताएको छ ।

उक्त कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नहुने महासंघले जनाएको छ । सो अवसरमा जिफन्टले ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ ।

फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरूसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाहरूको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?