Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध


मुगु। लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएरे सुचारु गरेको थियो । शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो ।

उक्त सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन् भने झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए । मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ रहेको छ ।

उक्त कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ । त्यस्तै, सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन् । नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ ।

नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ ।पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्ने नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ ।

सो सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?