Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

सुदूरपश्चिमका पाँच पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै


गोदावरी,कैलाली। सुदूरपश्चिमका पाँच पर्यटकीयस्थलमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । उक्त प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीयस्थलमध्ये खप्तड, बडीमालिका, अपि हिमाल, गोदावरी धाम र शिवपुरी धाम गरी पाँच वटालाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार चालु आर्थक वर्ष २०८०/८१ मा पहिचान गरिएका ४७ पर्यटकीयस्थलमध्ये पाँच पर्यटकीयस्थललाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म चार दशमलव पाँच किमी पदमार्गलगायत अन्य संरचना निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएकामा बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा गएको छ ।

त्यसैगरी, बाजुराको बडीमालिकामा पदमार्गसहित मन्दिर परिसरमा रेलिङ निर्माणका लागि रु ६० लाख, दार्चुलाको अपिमा पर्यटकीय भवन निर्माणका लागि रु ४० लाख, कैलालीको गोदावरीधाममा रामजानकी मन्दिर निर्माणका लागि रु ३० लाख र शिवपुरीधाममा ट्रेस निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा जम्मा रु छ करोड बजेट विनियोजन गरिएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ भने सुदूरपश्चिममा पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरिएको बजेट न्यून रहेको जनाइएको छ ।

सो प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धन गर्न पर्याप्त बजेट विनियोजन गरिनुपर्ने पर्यटन व्यवसायी थर्कबहादुर शाहको भनाइ रहेको छ । पहिचान गरिएका पर्यटकीयस्थलबारे आवश्यक जानकारी दिनका लागि पर्यटकीय सूचना केन्द्र स्थापना हुन सकेको छैन ।

सूचना केन्द्र अभावमा सुदूपश्चिम आउने पर्यटक अलमलमा परी फर्केर जाने गरेको शाहको भनाइ छ । कैलालीको त्रिनगर भन्सारमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ भने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै कञ्चनपुरको गड्डाचौकीमा स्थापना गरिएको पर्यटकीय सूचना केन्द्र निष्क्रिय रहेको र चिसापानीमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आउन नसकेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख बोहराले बताए ।

त्यस्तै, सुदूरपश्चिममा पर्यटकीय गन्तव्य प्रशस्त रहे पनि सडक यातायात, बाटो, बिजुली, खानेपानी, बस्ने व्यवस्थाको अभाव रहेको जनाइएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?