Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कमाण्डो तालिम अन्तर्गत नेपाल प्रहरीको बञ्जी जम्प सम्पन्न


पर्वत। प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौं समूहमा तालिमरत प्रशिक्षार्थी प्रहरीले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् । नेपाल प्रहरीको युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई साहसिक बनाउन बन्जी गराएको हो ।

उक्त तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिएका छन् । जम्पका लागि बिहिवार शुक्रबार र शनिबारको तालिका रहेको थियो । यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ ।

उक्त तालिम अन्तर्गत प्रहरीको यसअघि २ समुहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो भने क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताएका छन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा रहेको छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?