Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित पक्राउ


काठमाडौं। कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न देखिएकोले सुवाललाई पक्राउ गरिएको हो ।

सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो । त्यस्तै, मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ।

त्यस्तै, सूर्यविनायक जङ्गलमा रु दुई लाख लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो भने ढकालको शव गत फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?