Trending
>>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग


लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ । विकास कोषका पदाधिकारीसहितको टोलीले आज यहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कोषको गुरुयोजना बाहिरको सुरक्षा व्यवस्थापनको जिम्मेवारीका विषयमा छलफल गरेको छ ।

उक्त कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरुयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत व्यवस्थापन गर्न माग गरे। यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापनाको निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै उनले यसबारे थप पहलका लागि ध्यानाकर्षण गराए ।

सो छलफलमा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्प स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउदै उनले विकास कोषको कामका सन्दर्भमा यसको व्यवस्थापन र विकासका लागि सम्बन्धित मन्त्रालयमा थप पहल गर्ने बताएका छन् । छलफलमा उपाध्यक्ष डा लामाले गुरुयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताए । उक्त छलफलमा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिँदै आएको बताउँदै बजेटमा प्राथमिकता दिन आग्रह गरेका छन् ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने भन्दै अहिले अस्थायी क्याम्प भएकाले यसलाई स्थायी बनाउन अनुरोध गरेका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?