Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

झापामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु


काठमाडौं। मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । सो दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर-५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । त्यस्तै, मेचीनगर-५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे-११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो । दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ भने सिकिस्त अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?