Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जसपा सोलुखुम्बुको अध्यक्षमा फुरी ग्याल्जेन


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार सल्लेरीमा आयोजित भेलाबाट फुरी ग्याल्जेन शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

उक्त समितिको उपाध्यक्षमा भैराज मगर, सुरतबहादुर बस्नेत सचिव हेमन्त किराती उपसचिव योगेश बराईली, युद्ध मगर र कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका छन् । सो भेलाबाट १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन भएको छ भने उक्त भेलाबाट किमा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुदुधकुण्ड नगर समिति र वसन्त पाख्रिनको संयोजकत्वमा माप्या दुधकोशी गाउँ समिति समेत पुनर्गठन गरिएको बताइएको छ ।

सो कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् सङ्गठन विभाग सचिव लाक्पा शेर्पा, कोसी प्रदेश समिति सदस्य भक्तबहादुर राई, शेर्पालुङ समितिका मुख्य सचिव महेश राना मगरलगायतका नेताहरू उपस्थित रहेका थिए ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?