Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लुम्बिनीको पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी


लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका होटेल व्यवसायमा मात्रै झन्डै ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै, पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना-ठूला गरी दुई हजार पाँच सय होटेल छन् । यसमध्ये १५० भन्दा बढी स्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी संघका पूर्वअध्यक्ष पर्यटन व्यवसायी माधव नेपालले बताए । लुम्बिनी क्षेत्रको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर होटेल तथा पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लागानी बढ्दो छ ।

बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशद्वारका रूपमा मानिएको सिद्धार्थनगर र रुपन्देहीमा आधुनिक नगरको रूपमा विकसित हुँदै गइरहेको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि एकैदिन दुईवटा सुविधासम्पन्न होटेल सञ्चालनमा आएका छन् भने रुपन्देहीको सिद्धार्थनगर–३ स्थित सिंगापुर कोलनीमा नेपालको पर्यटन क्षेत्रमा ३२ वर्षदेखि होटेल सञ्चालन गरिरहेको ल्यान्डमार्क होटेल एन्ड रिसोर्ट सञ्चालनमा आएको छ । त्यस्तै, तिलोत्ताको जानकीनगरमा पनि सुविधासम्पन्न ‘द क्राउन इन’ होटेल सञ्चालनमा आएको छ ।

त्यसैगरी, भारतीय पर्यटक नेपाल भित्रिने मुख्य बेलहिया नाकाबाट करिब तीन किलोमिटरको दूरीमा करिब डेढ बिघा जग्गामा चारतारे होटेल ल्यान्डमार्क सञ्चालनमा आएको होटेलका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले जानकारी दिएका छन् । उनले भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्णरूपमा सञ्चालन नभए पनि भविष्यमा सञ्चालन हुने र त्यसले पर्यटन क्षेत्रमा कोसेढुंगा बनाउने बताए ।

उनले ८० प्रतिशत भारतीय पर्यटक बेलहिया नाकामार्फत नै नेपाल भित्रने गरेको तथ्य प्रस्तुत गर्दै ल्यान्डमार्क त्यस्ता पर्यटकका लागि पहिलो रोजाइमा पर्ने बताए । उनले यस्तो आर्थिक मन्दीको समयमा समेत नयाँ होटेल सञ्चालन गरेर नेपाली युवाका लागि नेपालमै रोजगारी सिर्जना गर्न चाहेको बताए । उनले कोभिडका कारण सबैभन्दा पीडित बनेको पर्यटन क्षेत्र विस्तारै माथि उठ्ने क्रममा रहेको बताए ।

प्रारम्भमा होटेलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरु गरेको छ । होटेलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको होटेल व्यवस्थापनले जनाएको छ ।

त्यस्तै, बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग खण्डको तिलोत्तमाको जानकी नगरमा ‘द क्राउन इन’ होटेल आधुनिक सुविधासम्पन्न सेवा दिनेगरी शनिबारदेखि नै सञ्चालनमा आएको होटल सञ्चालक अनन्त थैवले बताएका छन् । ४० करोडको लगानीमा सञ्चालनमा ल्याइएको होटेल सेमिस्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० वटा कोठा रहेका छन् भने होटलमा एक सयजना क्षमताको बार र रुपटप बारको व्यवस्था गरिएको सञ्चालक थैवले बताएका छन् ।

उनले स्वदेशमा नै स्वदेशी पुँजीको लागनीबाट केही गर्न सकिन्छ भन्ने विदेश पलायन हुने नयाँ पिँढीलाई सन्देश दिन विदेशबाट व्यवस्थापन अध्ययन गरेर फर्किएको छोरालाई होटेलको व्यवस्थापकीय जिम्मेवारी दिएको बताए ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?