Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गाजामा ६ हप्ताका लागि युद्धविराम ?


काठमाडौं। इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायल गाजामा युद्ध विराम गर्न र बन्धक रिहाइको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ ।

अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्ध विराम गर्न तयार भएको हो । त्यस्तै, प्रस्तावका अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ भने सो विषयमा हमासबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

त्यसैगरी, गाजामा इजरायल र हमासबीच झण्डै पाँच महिनादेखि द्वन्द्व चलिरहेको छ भने अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धमा तीस हजारभन्दा बढी मानिसको ज्यान गएको छ । इजरायली सेनाले शनिबार रफाह सहरको एक अस्पताल नजिकैको शरणार्थी शिविरमा बमबारी गर्दा ११ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले देर अल(बालाह र जबलियामा तीन वटा घरहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा १७ प्यालेस्टाइनी मारिएका छन् भने दर्जनौँ घाइते भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?