Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बेरुजु फर्स्योट गराउन लेखा समितिको भूमिका महत्वपूर्ण


काठमाडौँ । स्थानीय सरकारहरुको अन्तिम लेखा परीक्षणका क्रममा महालेखापरीक्षकको कार्यालयबाट औल्याइएका बेरुजु फर्स्योट गराउन लेखा समितिहरुको महत्वपूर्ण भूमिका हुने अधिकारीहरुको भनाइ छ । काठमाडौँ महानगरपालिकाको लेखा समिति र आर्थिक प्रशासनसँग सम्बन्धित अधिकारीका लागि आन्तरिक लेखा परीक्षण एकाइले आयोजना गरेको २ दिवसीय ‘बेरुजु फर्स्योट र सम्परीक्षण सम्बन्धी तालिम’ मा उहाँहरुले यस्तो अनुरोध गर्नुभएको हो ।

तालिममा नायव महालेखापरीक्षकहरु शंकरप्रसाद पन्थी, चन्द्रकान्त भण्डारी र होमनाथ सुवेदीले वेरुजुको प्रकृति, यसअघिका वेरुजुका प्रकृति, अहिले देखिएको पूर्व अवस्था, वेरुजु नियन्त्रण तथा लेखा व्यवस्थापनमा महानगरपालिकाको प्रयास, लेखा समितिको दायित्वलगायत विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

‘कानुनले तोकेको विधिअनुरुप नभएको, प्रक्रिया नमिलेको, क्षेत्राधिकारभित्र नपरेको जस्ता कारण रुजु नभएको तथा हुन नसकेको सार्वजनिक आर्थिक कारोवार, वेरुजु हो । यस्तो खर्चमा रितभाँती नमिलेको वा बेरितबाट काम भएको, भिडान तथा मिलान नभएको हुन्छ ।’ प्रस्तुतिकरणमा पन्थीले भन्नुभयो, ‘सार्वजनिक कोषबाट हुने वित्तीय कारोवार जाँच गर्दा लेखापरीक्षकले दर्शाएको अनियमित रकम कलम, ऐन, नियम, कार्यविधि, प्रक्रिया, स्थापित मूल्य मान्यता र सिद्घान्तसँग तालमेल नहुने गरी वा सो विपरीत हुने गरी भएको कारोबार बेरुजु हो । यसलाई सैद्घान्तिक, लगती, नियमित गर्नुपर्ने लगायत विभिन्न प्रकारमा बाँडिएको छ ।’

नीति, प्रणाली तथा व्यवस्थापनसँग सम्बन्धित वेरुजु ‘सैद्धान्तिक वेरुजु’ हो । रकम कलम खुलाएको र असुल गर्नु पर्ने लगती बेरुजु हो । कम असुल गरिएका, कम दाखिला भएका, पाउने भन्दा बढी भुक्तानी दिइएका हिनामिना वा हानी नोक्सानी भएका, तिराउनु भराउनु पर्ने रकम हो । नियमित गर्ने, असुल उपर गर्नेजस्ता विधिबाट वेरुजुलाई फस्र्योट गराउन सकिन्छ । यसका लागि कानुनले तोकेको समयमा वेरुजु फर्स्योट गर्नुपर्छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?