ईश्वर पाण्डे । पहिले पहिले हाम्रो समाजमा जुत्ता लगाउने चलन थिएन। सहजै उपलब्ध थिएन र जो कोहिले लगाउन पनि सक्दैनथे। तर बिहेको दिन बेहुलाले राम्रो देखिन र लामो बाटो हिडेर जानुपर्ने कारण जुत्ता लगाएर जान थाले। तर जुत्ता छालाबाट बनेको हुने भएकाले जग्गेमा बस्दा लगाउन मिल्दैन थियो। त्यसरी जुत्ता खोलेर जग्गेमा बस्दा जुत्ता हराउने चोरी हुने हुन थाल्यो।
त्यसपछि बेहुली पट्टिका ले भिनाजुको जुत्ता नहराओस भनि कसैले नभेट्ने गरी सुरक्षित ठाउँमा राखिदिने र जन्ती फर्किने बेलामा फिर्ता दिन थाले। यसरी आफ्नो जुत्ता सुरक्षित राखिदिएकोले बेहुलाले खुसी भएर स्याबासी बापत केही उपहार ( रुपैयाँ ) दिने प्रचलन सुरु भएको मानिन्छ।
यहि चलन आजको दिन सम्म आईपुग्दा खोसाखोस गरि जुत्ता लुकाउने, लाखौं रुपैयाँको बार्गेनिङ गर्ने, र जुत्ताकै कारण बिहेमै झगडा सम्म भएको घटना सुनिन थालेका छन्। यसलाई संस्कार को रुपमा लैजाने हो भने यो प्रतिष्ठाको लडाईको विषय नभई बेहुलाको स्वेच्छाले दिने बक्सिस हुनुपर्दछ। नत्र यसले पनि दाईजो प्रथा जस्तै कुप्रथाको रुप नलेला भन्न सकिन्न।
प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार