Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कसरी सुरू भयाे बिहेमा सालीले जुत्ता लुकाउने चलन?


ईश्वर पाण्डे । पहिले पहिले हाम्रो समाजमा जुत्ता लगाउने चलन थिएन। सहजै उपलब्ध थिएन र जो कोहिले लगाउन पनि सक्दैनथे। तर बिहेको दिन बेहुलाले राम्रो देखिन र लामो बाटो हिडेर जानुपर्ने कारण जुत्ता लगाएर जान थाले। तर जुत्ता छालाबाट बनेको हुने भएकाले जग्गेमा बस्दा लगाउन मिल्दैन थियो। त्यसरी जुत्ता खोलेर जग्गेमा बस्दा जुत्ता हराउने चोरी हुने हुन थाल्यो।

त्यसपछि बेहुली पट्टिका ले भिनाजुको जुत्ता नहराओस भनि कसैले नभेट्ने गरी सुरक्षित ठाउँमा राखिदिने र जन्ती फर्किने बेलामा फिर्ता दिन थाले। यसरी आफ्नो जुत्ता सुरक्षित राखिदिएकोले बेहुलाले खुसी भएर स्याबासी बापत केही उपहार ( रुपैयाँ ) दिने प्रचलन सुरु भएको मानिन्छ।

यहि चलन आजको दिन सम्म आईपुग्दा खोसाखोस गरि जुत्ता लुकाउने, लाखौं रुपैयाँको बार्गेनिङ गर्ने, र जुत्ताकै कारण बिहेमै झगडा सम्म भएको घटना सुनिन थालेका छन्। यसलाई संस्कार को रुपमा लैजाने हो भने यो प्रतिष्ठाको लडाईको विषय नभई बेहुलाको स्वेच्छाले दिने बक्सिस हुनुपर्दछ। नत्र यसले पनि दाईजो प्रथा जस्तै कुप्रथाको रुप नलेला भन्न सकिन्न।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?