Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरेता पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

उनले भने- ‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगायो । जुन स्वागत योग्य नै थियो, तर अहिले पनि यो कतै चलिरहेको छ । केही सेवा इन्टरनेट प्रदायकले टेरेको छैन् । यसमा सरकारले सक्दो कारबाही गर्नुपर्‍यो ।’

त्यस्तै, सामाजिक सञ्जाल टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिहरुबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्‍याएकाले सरकारले बन्द गरेको भन्दै उनले बन्द गर्ने निर्णयको बचाउ गरे ।

पूर्णत बन्द गर्न आग्रह गर्दै उनले अटेर गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?