Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरेता पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

उनले भने- ‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगायो । जुन स्वागत योग्य नै थियो, तर अहिले पनि यो कतै चलिरहेको छ । केही सेवा इन्टरनेट प्रदायकले टेरेको छैन् । यसमा सरकारले सक्दो कारबाही गर्नुपर्‍यो ।’

त्यस्तै, सामाजिक सञ्जाल टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिहरुबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्‍याएकाले सरकारले बन्द गरेको भन्दै उनले बन्द गर्ने निर्णयको बचाउ गरे ।

पूर्णत बन्द गर्न आग्रह गर्दै उनले अटेर गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?