Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गरिने


काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ ।

सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। फागुन १२ र १३ गते भारतको उत्तर प्रदेशस्थित लखनउमा भएको ज्योतिषसम्बन्धी गोष्ठीमा पनि केतकी ग्रह गणितका आधारमा पात्रो प्रकाशन गर्ने विषयमा सहमति भएको समेत उनले सुनाए ।

त्यस्तै, भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयले आयोजना गरेको गोष्ठीमा भाग लिन अध्यक्ष अधिकारी, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका प्रमुख प्रा डा धनेश्वर नेपाल र समितिका सदस्य एवं दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष लक्ष्मण पन्थी गएका थिए । उक्त गोष्ठीमा चैत्र शुक्ल प्रतिपदा अर्थात् संवत्सर आरम्भको दिन ज्योतिष दिवस मनाउने सहमतिसमेत गरेको छ भने सो दिवस भारत, नेपाल लगायत देशमा मनाइने जनाइएको छ । गोष्ठीमा वक्ताले ‘सूर्य सिद्धान्तीय पञ्चाङ्ग र नाभिकीय पञ्चाङ्गको तुलना’ विषयमा विचार प्रस्तुत गरेका थिए ।

उक्त गोष्ठीमा प्रस्तुत भएका विषयमा समितिका सदस्यलाई पनि जानकारी गराएर विसं २०८३ देखिकै पात्रो केतकी ग्रह गणितका आधारमा गर्ने गरी छलफल अघि बढाइएको जानकारी पनि अध्यक्ष अधिकारीले गराए । यसका लागि यसै वर्षदेखि पञ्चाङ्गकारहरुसँग छलफल र अभ्यास सुरु गरिने समितिले जनाएको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?