Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मठाधीश साथीहरूले नेतृत्वलाई कब्जा गरे: जितेन्द्र देव


काठमाडौं। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संविधान संशोधन गरेर राष्ट्रिय सभालाई बलियो बनाउन माग गरेका छन् । त्यस्तै, ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सम्बोधन गरेका देवले राष्ट्रिय सभालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

संविधान बनाउने बेला नै राष्ट्रिय सभालाई प्रतिनिधिमूलक, अधिकार सम्पन्न र गुणस्तरीय बनाउने कि नबनाउने भन्ने बहस भएको स्मरण गर्दै उनले भने, ‘गणितीय रूपमा त्यो विचारले जित्यो, जसले राष्ट्रिय सभालाई कमजोर बनाउने र प्रतिनिधि सभालाई मात्र अगाडि राख्न चाह्यो ।’ जसले राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउन हुन्न भनेर भूमिका खेले, उनीहरूले नै लामो समयसम्म प्रतिनिधि सभामा प्रभुत्व जमाएर बसेको उनले बताए ।

त्यही कारण संयुक्त नियमावली बनाउने बेलामा समेत राष्ट्रिय सभाले सर्वसम्मत पास गरेका ५ वटै संशोधन स्वीकार नगरिएको भन्दै उनले भने, ‘प्रतिनिधिसभाका ती मठाधीश साथीहरू, जसले नेतृत्वलाई कज्याएका छन्, कब्जा गरेका छन् र नेतृत्वले पनि उनीहरूलाई मात्र बडा परिपक्व सांसद ठान्छन्, तिनीहरू टसकामस भएनन् । त्यसैले राष्ट्रिय सभा कमजोर हुन पुग्यो ।’

उनले राष्ट्रिय सभाप्रति पार्टीकै शीर्ष नेताहरूको दृष्टिकोण पनि सकारात्मक नभएको बताएका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?