Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

मठाधीश साथीहरूले नेतृत्वलाई कब्जा गरे: जितेन्द्र देव


काठमाडौं। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संविधान संशोधन गरेर राष्ट्रिय सभालाई बलियो बनाउन माग गरेका छन् । त्यस्तै, ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सम्बोधन गरेका देवले राष्ट्रिय सभालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

संविधान बनाउने बेला नै राष्ट्रिय सभालाई प्रतिनिधिमूलक, अधिकार सम्पन्न र गुणस्तरीय बनाउने कि नबनाउने भन्ने बहस भएको स्मरण गर्दै उनले भने, ‘गणितीय रूपमा त्यो विचारले जित्यो, जसले राष्ट्रिय सभालाई कमजोर बनाउने र प्रतिनिधि सभालाई मात्र अगाडि राख्न चाह्यो ।’ जसले राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउन हुन्न भनेर भूमिका खेले, उनीहरूले नै लामो समयसम्म प्रतिनिधि सभामा प्रभुत्व जमाएर बसेको उनले बताए ।

त्यही कारण संयुक्त नियमावली बनाउने बेलामा समेत राष्ट्रिय सभाले सर्वसम्मत पास गरेका ५ वटै संशोधन स्वीकार नगरिएको भन्दै उनले भने, ‘प्रतिनिधिसभाका ती मठाधीश साथीहरू, जसले नेतृत्वलाई कज्याएका छन्, कब्जा गरेका छन् र नेतृत्वले पनि उनीहरूलाई मात्र बडा परिपक्व सांसद ठान्छन्, तिनीहरू टसकामस भएनन् । त्यसैले राष्ट्रिय सभा कमजोर हुन पुग्यो ।’

उनले राष्ट्रिय सभाप्रति पार्टीकै शीर्ष नेताहरूको दृष्टिकोण पनि सकारात्मक नभएको बताएका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?