Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘द अनब्रेकेबल अगस्त्य: च्याप्टर वान’ प्रदर्शनमा


काठमाडौं। आजदेखि ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गरेका छन् । उनले चलचित्रका पात्रहरू अगस्त्य ऋषि झैँ शारीरिक र मानसिकरुपमा बलिया रहेको जानकारी दिएका छन् ।

“यो हाम्रो समाजको नभनिएको कथा हो । मेरो प्रस्तुतिको शैली विदेशी चलचित्रको झैँ देखिए पनि यसको विषयवस्तुमा धेरै भिन्नता छ । हामीले समाजमा देखिरहेको तर पर्दामा नदेखेको कथा हो”, निर्देशक चौधरीले भने । सो चलचित्रमा अभिनेता सौगात मल्लले निर्वाह गर्नुभएको भूमिका चर्चामा छ भने उनले चलचित्रका लागि २० किलो तौल घटाएर फेरि बढाएका थिए ।

“मलाई शारीरिकरुपमा तयार गर्न समस्या छैन । मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिए, तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन गाह्रो भयो । त्यसका लागि त्यस्तै किसिमको पात्र खोजेर दिनचर्या नियालेर भूमिका निर्वाह गरे”, अभिनेता मल्लले भने ।

उक्त चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महत लगायत कलाकारले अभिनय गरेका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?