Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङसहित असिना पानीको सम्भावना


काठमाडौं। पश्चिमी बायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै, मौसमविद् डा. विनोद पोख्रेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

‘शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ । पोखरा र काठमाडौंमा पनि वर्षा हुने देखिन्छ,’ उनले भने । आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उनले बताए । उनका अनुसार यही अवधिमा तराईमा भने हल्का वर्षामात्रै हुने छ।

पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ भने उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद् पोख्रेलले जानकारी दिएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?