Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

इरानमा आज आम निर्वाचन


काठमाडौं। इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरू सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रूपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।

शिया मुस्लिमहरूको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने छ जसले इरानको आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने ठानिएको छ । संसदमा पाँच सिट धार्मिक अल्पसङ्ख्यकका लागि आरक्षित छन् भने संसदीय निर्वाचन बाहेक इरानका जनताले आज ८८ सिट भएको विज्ञहरूको सभाका लागि पनि मतदान गर्नेछन् । आठ वर्षको कार्यकालको यो प्यानलले अर्को सर्वोच्च नेता नियुक्त गर्नेछ । इरानको सर्वोच्च नेतामा अलि खामीनी रहेका छन् ।

त्यसैगरी, प्रत्येक ४ वर्षमा हुने चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशत बढी मत ल्याउनु पर्ने व्यवस्था रहेको छ भने पहिलो पटकमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाउन असफल भएमा दोस्रो चरणमा शीर्ष २ बीच चुनाव हुन्छ । ८.५ करोड जनसङ्ख्या भएको इरानमा ६.१२ करोडभन्दा बढी जनता बालिग मतदाताको रूपमा रहेका छन् भने चुनावका लागि ५९ हजार मतदान केन्द्र तोकिएको छ भने तेहरानमा मात्रै ५ हजार मतदान केन्द्र स्थापना गरिएको छ । चुनावका लागि इरानमा साढे २ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अल जजिराका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ यस चुनावमा पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ । उनले आफ्ना ३० जना सहकर्मीलाई भोट दिन आग्रह गरेका छन् भने ६ जना महिला बाहेक यो सूचीमा रूढिवादी र कट्टरपन्थी उम्मेदवार पनि परेका छन् ।

त्यसैगरी, चरम कट्टरपन्थी उम्मेदवारहरू चुनाव जित्ने सम्भावना रहेको उल्लेख गरेको छ । सन् २०१५ मा उदारवादी राष्ट्रपति हसन रुहानीलाई अपदस्त गरेपछि इरानको संसद निकायमा रूढीवादी र कट्टरपन्थीहरूले कब्जा गरेका थिए । अहिलेका सभामुख मोहम्मद बगेर गालिबाफ इरानको राष्ट्रपति बन्ने लक्ष्यमा रहेका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?