Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इरानमा आज आम निर्वाचन


काठमाडौं। इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरू सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रूपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।

शिया मुस्लिमहरूको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने छ जसले इरानको आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने ठानिएको छ । संसदमा पाँच सिट धार्मिक अल्पसङ्ख्यकका लागि आरक्षित छन् भने संसदीय निर्वाचन बाहेक इरानका जनताले आज ८८ सिट भएको विज्ञहरूको सभाका लागि पनि मतदान गर्नेछन् । आठ वर्षको कार्यकालको यो प्यानलले अर्को सर्वोच्च नेता नियुक्त गर्नेछ । इरानको सर्वोच्च नेतामा अलि खामीनी रहेका छन् ।

त्यसैगरी, प्रत्येक ४ वर्षमा हुने चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशत बढी मत ल्याउनु पर्ने व्यवस्था रहेको छ भने पहिलो पटकमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाउन असफल भएमा दोस्रो चरणमा शीर्ष २ बीच चुनाव हुन्छ । ८.५ करोड जनसङ्ख्या भएको इरानमा ६.१२ करोडभन्दा बढी जनता बालिग मतदाताको रूपमा रहेका छन् भने चुनावका लागि ५९ हजार मतदान केन्द्र तोकिएको छ भने तेहरानमा मात्रै ५ हजार मतदान केन्द्र स्थापना गरिएको छ । चुनावका लागि इरानमा साढे २ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अल जजिराका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ यस चुनावमा पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ । उनले आफ्ना ३० जना सहकर्मीलाई भोट दिन आग्रह गरेका छन् भने ६ जना महिला बाहेक यो सूचीमा रूढिवादी र कट्टरपन्थी उम्मेदवार पनि परेका छन् ।

त्यसैगरी, चरम कट्टरपन्थी उम्मेदवारहरू चुनाव जित्ने सम्भावना रहेको उल्लेख गरेको छ । सन् २०१५ मा उदारवादी राष्ट्रपति हसन रुहानीलाई अपदस्त गरेपछि इरानको संसद निकायमा रूढीवादी र कट्टरपन्थीहरूले कब्जा गरेका थिए । अहिलेका सभामुख मोहम्मद बगेर गालिबाफ इरानको राष्ट्रपति बन्ने लक्ष्यमा रहेका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?