Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बनाउने तयारी


काठमाडौं। पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बनाउने तयारी गरिएको छ । कोशी प्रदेशमै पहिलो पटक प्रदेश सरकार र इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको हो ।

इटहरी उप महानगरको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरिएको सम्झौता भएको छ । इटहरी उप महानगरपालिका अन्तरगत बुढी जमुना मुक्त घाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि सम्झौता भएको इटहरी उप महानगरपालिकाले जनाएको छ ।

कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको बुढी जमुना मुक्ति घाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा लागत साझेदारीको सम्झौता भएको हो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?