Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बनाउने तयारी


काठमाडौं। पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बनाउने तयारी गरिएको छ । कोशी प्रदेशमै पहिलो पटक प्रदेश सरकार र इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको हो ।

इटहरी उप महानगरको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरिएको सम्झौता भएको छ । इटहरी उप महानगरपालिका अन्तरगत बुढी जमुना मुक्त घाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि सम्झौता भएको इटहरी उप महानगरपालिकाले जनाएको छ ।

कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको बुढी जमुना मुक्ति घाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा लागत साझेदारीको सम्झौता भएको हो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?