Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला सुरु


मध्यविन्दु,नवलपरासी। हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ ।

हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन् । सो मेला आजदेखि सुरु भए पनि गत सोमबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ता अघिदेखि ठूलो मेला लाग्ने गर्दछ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ भने सो मेला व्यवस्थित गर्न त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए ।

“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका मदारीडाँडामा रहेको छ भने मदारीडाँडामा पैदलयात्रामार्फत् पुग्न सकिन्छ ।”

उक्त मेलामा महलबारी मस्जिदका मठाधीश अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारीडाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयीत्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए । “यस वर्षको मेलामा करिब सात लाख भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको छ”, शाहले भने ।

मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ भने यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास समेत रहेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?