Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला सुरु


मध्यविन्दु,नवलपरासी। हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ ।

हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन् । सो मेला आजदेखि सुरु भए पनि गत सोमबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ता अघिदेखि ठूलो मेला लाग्ने गर्दछ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका गरी लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ भने सो मेला व्यवस्थित गर्न त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए ।

“मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बीको पनि आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका मदारीडाँडामा रहेको छ भने मदारीडाँडामा पैदलयात्रामार्फत् पुग्न सकिन्छ ।”

उक्त मेलामा महलबारी मस्जिदका मठाधीश अमिरुल्लाह अन्सारी नै परम्परादेखि मदारीडाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयीत्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए । “यस वर्षको मेलामा करिब सात लाख भक्तजनले अवलोकन गर्ने अनुमान गरिएको छ”, शाहले भने ।

मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास पाइन्छ भने यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास समेत रहेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?