Trending
>>   तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल >>   सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे >>   ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइयो प्रहरीलाई: आईजीपी कार्की >>   सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा >>   चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण >>   इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य >>   कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन >>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’मा अनुबन्धित


काठमाडौं। अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे । दिव्या भने अमेरिकामा अध्ययनरत छिन् ।

उक्त फिल्ममा यसअघि प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला समेत अनुबन्धित भइसकेका छन् भने वैशाखदेखि छायांकन सुरु हुने सो फिल्मको प्रदर्शन कात्तिक १५ गते हुने जनाइएको छ ।

निर्माताले बिहीबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मलाई उक्त मितिमा ल्याउने घोषणा समेत गरेका छन् । केही दिनमा सुरु हुने फिल्मको कार्यशालामा दिव्याले पनि सहभागिता जनाउने भएकी छन् भने सो फिल्ममा उनको शीर्ष भूमिका हुने जनाइएको छ ।

उक्त फिल्मलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन् । ‘पण्डित बाजेको लौरी’पछि अद्धृत फिल्मसको यो दोस्रो प्रोजेक्ट हुनेछ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?