Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’मा अनुबन्धित


काठमाडौं। अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे । दिव्या भने अमेरिकामा अध्ययनरत छिन् ।

उक्त फिल्ममा यसअघि प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला समेत अनुबन्धित भइसकेका छन् भने वैशाखदेखि छायांकन सुरु हुने सो फिल्मको प्रदर्शन कात्तिक १५ गते हुने जनाइएको छ ।

निर्माताले बिहीबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मलाई उक्त मितिमा ल्याउने घोषणा समेत गरेका छन् । केही दिनमा सुरु हुने फिल्मको कार्यशालामा दिव्याले पनि सहभागिता जनाउने भएकी छन् भने सो फिल्ममा उनको शीर्ष भूमिका हुने जनाइएको छ ।

उक्त फिल्मलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन् । ‘पण्डित बाजेको लौरी’पछि अद्धृत फिल्मसको यो दोस्रो प्रोजेक्ट हुनेछ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?