Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कैलालीमा सशस्त्रले समात्यो १८ लाख बढीको सामान, ४ जना पक्राउ


काठमाडौं। कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरेको हो । उक्त सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका(२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठकुल्लाले बताएका छन् ।

उनका अनुसार यो सहित ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बीओपीबाट १८ लाख ५६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि भन्सार बुझाइएको छ भने एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?