Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

प्रहरीको विधि विज्ञान प्रयोगशालामा ३३ हजार नमुना परीक्षण


काठमाडौं। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३३ हजार नमुना परीक्षण गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रयोगशालाले ५ हजार ४ सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमुना परीक्षण गरेको जनाएको छ ।

सो प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ वटा नमुना प्राप्त भएका थिए । नयाँ र पुरानो गरी यत्तिका संख्यामा नमूना परीक्षण गरिएको प्रहरी प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार प्रयोगशालाले भौतिक सबुद प्रमाणको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान गरी अपराध अनुसन्धान कार्यमा प्रभावकारी सहयोग पुगेको छ ।

त्यस्तै, विधि विज्ञान प्रयोगशालाका सूचना अधिकारी प्रहरी उपरीक्षक योग बहादुर पालले भने, ‘दैनिक प्राप्त हुने नमूना परीक्षणको लागि सीमित जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गर्दै छिटोछरितो कार्यसम्पादन गर्न प्रयोगशाला सक्रिय छ भने यसलाई अझ व्यवस्थित बनाउँदै विशेषज्ञ राय प्रदान गर्न निरन्तर क्रियाशील भई लागी रहेका छौं ।’

उक्त प्रयोगशालाले चालु आर्थिक वर्षमा विष विज्ञानतर्फ छ हजार सात सय ६२, जीव -सिरम विज्ञानतर्फ सात हजार नौ सय ७९ वटा, रसायन-लागुऔषधतर्फ छ हजार तीन सय १७, ‘डकुमेन्ट’तर्फ छ हजार एक सय ८७, सशस्त्र विज्ञानतर्फ दुई हजार ४८, औँठा छापतर्फ तीन हजार दुई सय ७२, भौतिक विज्ञानतर्फ १६, डिएनएतर्फ तीन सय ५८ र विष्फोटक पदार्थतर्फ एक सय ८३ वटा नमुनाको परीक्षण गरेको छ ।

काठमाडौंको सामाखुसीमा रहेको प्रयोगशाला हाल अपराध अनुसन्धान विभागअन्तर्गत रहको छ भने सुनसरी र बाँकेमा विधि विज्ञान एकाइ कार्यालय सञ्चालित छन् ।

त्यस्तै, तीनवटै प्रयोगशालाबाट प्रहरी, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?