Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

डोटीमा विस्तार हुँदै चैते धान खेती


डोटी। डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनले चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउछन् ।
यो वर्षका लागि उनले चैते धानको बेर्ना छरिसकेका छन् । “गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु उत्तम हुन्छ”, कार्कीले भने, “यसरी एकै वर्ष दुई वटा धान बाली भित्र्याउदा दोब्बर फाइदा हुन्छ ।”  उनले धानबाट मात्रै नभएर पराल पनि फाइदा लिन सकिने बताउछन् । चैते धानको भात अरू धानको चामलभन्दा स्वादिलो हुनुका साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनको भनाइ रहेको छ ।
त्यस्तै, चैते धानखेतीका लागि अन्य धानखेतीको तुलनामा अलि बढी मेहनत चाहिने उनी बताउछन् । सुरुमा बीउ उमार्न गाह्रो हुने र रोपेपछि पानी बढी चाहिने हुन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी धेरै चाहिने र नदीको पानी सुक्ने अवस्था भयो भने फरल लिन नसकिने उनी बताउछन् ।  यो वर्ष कार्कीले जस्तै शिखर नगरपालिका–२ कालागाडका अन्य किसानले पनि चैते धान रोप्ने भएका छन् ।
गालागाडका करिब ३० परिवारले चैते धानका लागि फागुन पहिलो साता बीऊ राखिसकेका छन् भने स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रतिकिसान पाँच केजीदेखि १५ केजीसम्म बीऊ राखेका छन् । त्यस्तै, कृषि ज्ञानकेन्द्र डोटीबाट चैते धानको बीउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताए । उनीहरुले पहिलो पटक चैते धान रोप्न लागेकाले ढुक्क भने नरहेको धामीले बताए।
कृषि ज्ञानकेन्द्र र किसानका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटीले बताउछन् ।  ज्ञान केन्द्रकै सल्लाहअनुसार बीऊ राखेको बताउँदै वडाध्यक्ष बोगटीले आफू किसानहरुका साथमा रहेको उनले बताएका छन् ।
उनले किसानलाई आवश्यक समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?