Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रुससँगको युद्धमा ३१ हजार युक्रेनी सैनिक मारिए


काठमाडौं। रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ, तर युद्ध अझै रोकिएको छैन् ।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको शनिबार बताएका छन्, तर उनले घाइते सैनिकको संख्या भने सार्वजनिक नगर्ने प्रष्ट पारे । सो युद्धका कारण दुई देशका हजारौँ सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण युद्धको नकारात्मक प्रभावसँग जुधिरहेका छन् । युद्धबाट भएको मानविय,भौतिक क्षतिसँगै आर्थिक सामाजिक क्षेत्रमा परेको असर नगन्य छ भने रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै, युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन् भने लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपुर्ण र अन्यौलताका स्थितिमा रहेका छन् । विशेषगरी बालबालिकाहरुलाई युद्धले गहिरो चोट दिएको छ । युक्रेनी मात्रै नभएर रसियन नागरिक पनि युद्धको असर भोगिरहेका छन् । दुई देशबीचको युद्धले पश्चिमा राष्ट्रलाई धु्रविकृत बनाएको छ भने आफूभन्दा शक्तिसाली रुससँगको लडाईमा युक्रेनलाई अमेरिका,बेलायत,इयुजस्ता संस्था लगायतका शक्ति राष्ट्रहरुले आर्थिक र अन्य सहयोग गर्दै आएका छन् ।

सो युद्ध सुरु भएपछि रुसले युक्रेनको १८ प्रतिशतमा रुसले कब्जा जमाएको अमेरिकी संस्था इन्स्टिच्युट फर स्टडी अफ वार (आइएसडब्ल्यू) ले जनाएको छ । रुसी सेनाले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, खेरसन र खार्किभका केही भागहरू कब्जा गरेको छ । रुसी सेनाले सन् २०१४ मा युक्रेनी प्रायद्वीप क्रिमिया कब्जा गरेको थियो । त्यसपछि रुस युक्रेनबीचको सम्बन्धमा दरार थप बढेको थियो भने २०२२ मा रुसले युक्रेनमा एकतर्फी आक्रमण सुरु गरेपछि युक्रेनले पनि जवाफी आक्रमण सुरु गरेको थियो ।युद्धको प्रभाव विश्वस्तरमै परिरहेको छभने। तेल, खाद्यान्न लगायतका कुराहरुको महँगी दर निरन्तर बढि रहेको छ ।

त्यस्तै, रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने एक सय १६ जना घाइते भएका छन् भने बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका नेपालीको संख्या दुई सय ६० जनाभन्दा बढी रहेको कन्सुलर सेवा विभागले जनाएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?