Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

चेल्सीलाई हराउँदै लिभरपुलाई काराबाओ कपको उपाधि


काठमाडौं। इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औँ लिग कप उपाधि समेत हो ।

आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो । चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त समयको पनि अन्तिम मिनेट कुर्नु परेको थियो ।

त्यस्तै, निर्धारित समय गोलरहित बराबरीमा भएपछि खेल अतिरिक्त समयमा गएको थियो भने कप्तान भर्जील भ्इान डाइकले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहेका बेला गोल गरेका थिए ।

उक्त खेलको ११८ औँ मिनेटमा कोन्सटान्टिनोस सिमिकासले प्रहार गरेको कर्नर किकलाई डाइकले हेडर गोलमा परिणत गरेका हुन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?