Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राष्ट्रिय फुटबल : थ्रीस्टार क्लबलाई पराजित गर्दै एनआरटी विजयी


काठमाडौं।  न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
 एनआरटीको जितमा विवेक गुरुङ नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै एनआरटीका लागि निर्णायक गोल सावित भयो । सञ्जिव विष्टलाई पेनाल्टी एरियामा थ्रीस्टारका खेलाडी खेमराज श्रेष्ठले लडाएपछि एनआरटीले फ्रिकिकको अवसर पाएको थियो । जसको सदुपयोग गुरुङले गरे ।
राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु ११ लाख तथा उपपिवेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?