Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दुर्घटनामा परेका नागरिकलाई भुक्तानी गर्‍यो गाउँपालिकाले बीमा खर्च


गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बीमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ ।

उक्त पालिकाभित्रका सबै नागरिककोे निःशुल्क रुपमा सामूहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जनालाई रकम भुक्तानी गरेको हो । त्यसैगरी, बीमा पोलिसीअनुसार उपचारका क्रममा खर्च भएको रकम बीमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिएका छन् ।

“खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नं ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते भएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचारखर्च उपलब्ध गराएका हौँ”, उनले भने, “पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरेको सम्झौताअनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन् ।”

त्यस्तै, गत असार ३१ गते खाटबाट लडेर घाइते हुनुभएका रेग्मीले उपचारका लागि खर्च भएको रु नौ हजार पाँच सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते. भएकी श्रेष्ठले रु तीन हजार तीन सय २५ बीमामार्फत प्राप्त गरेकी हुन् ।

उक्त पालिकाभित्रका सबै १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरिएको अध्यक्ष बन्जराले बताउर्दै राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको उनको भनाइ रहेको छ ।

अध्यक्ष बन्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले रु ५० हजार पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बीमा गरिदिएको बताएका छन् ।

उक्त कम्पनीसँगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराएको कार्यक्रमका फोकलपर्सन जीवन सुर्खेतीले जानकारी दिए । उनका अनुसार उक्त रकम पालिकाले बिमितलाई हस्तान्तरण गरेको हो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?