Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी


नारायणगढ,चितवन। अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।

त्यस्तै, फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्सर उपचारमा अत्यावश्यक मानिएको किमो (क्यान्सर कोषलाई नष्ट गर्न प्रयो गरिने औषधि) लगायत विभिन्न छ सयभन्दा बढी औषधिसहित थप फार्मेसी सञ्चालनको तयारीमा अस्पताल रहेको छ । उक्त अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार हाल अस्पतालभित्र दुई ठाउँबाट फार्मेसी सेवा दिइँदै आइएको छ । उनले ‘डे केयर’ बिरामीका लागि थप फार्मेसी सञ्चालनको तयारी भइरहेको जानकारी दिए । “डे केयरमा दैनिक किमोथेरापी गर्नका लागि मात्रै एक सयभन्दा बढी बिरामी आउनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचार सहज गर्नका लागि किमोथेरापी गर्ने स्थानमा नै फार्मेसी सञ्चालन गर्न सकियो भने बिरामीलाई थप सुविधा हुन्छ ।”

त्यसैगरी, जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताएका छन् । “अस्पतालको गुनासो पेटीकामा हेर्दैगर्दा बिरामीका विभिन्न समस्यामध्ये औषधि पाइएन भन्ने गुनासो धेरै थियो”, उनले भने, “सम्पूर्ण औषधिको खरिद सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी गराइगरेका छौँ । फार्मेसीमा औषधिको अभाव हुन दिएका छैनौँ ।”

आवश्यक किमोथेरापीका सम्पूर्ण औषधि, जनरल औषधि, एन्टिबायोटिक, दुखाइ कम गर्ने र सर्जिकल सामग्रीसहितका करिब छ सय भन्दाबढी औषधि फार्मेसीमा हाल उपलब्ध रहेका रहेको पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा सर्जिकल अङकोलोजी, मेडिकल कङकोलोजी, रेडियसन अङकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस, इमेजिङ, न्युक्लियर मेडिसिन, एनेस्थेसियोलोजी, प्यालिएटिभलगायत सेवा उपलब्ध छन् ।

त्यसैगरी, पेट सिटी स्क्यानसँगै साइक्लोटोन उत्पादन र बोनम्यारो प्रत्यारोपण परियोजना छिट्टै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?