Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी


नारायणगढ,चितवन। अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।

त्यस्तै, फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्सर उपचारमा अत्यावश्यक मानिएको किमो (क्यान्सर कोषलाई नष्ट गर्न प्रयो गरिने औषधि) लगायत विभिन्न छ सयभन्दा बढी औषधिसहित थप फार्मेसी सञ्चालनको तयारीमा अस्पताल रहेको छ । उक्त अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार हाल अस्पतालभित्र दुई ठाउँबाट फार्मेसी सेवा दिइँदै आइएको छ । उनले ‘डे केयर’ बिरामीका लागि थप फार्मेसी सञ्चालनको तयारी भइरहेको जानकारी दिए । “डे केयरमा दैनिक किमोथेरापी गर्नका लागि मात्रै एक सयभन्दा बढी बिरामी आउनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचार सहज गर्नका लागि किमोथेरापी गर्ने स्थानमा नै फार्मेसी सञ्चालन गर्न सकियो भने बिरामीलाई थप सुविधा हुन्छ ।”

त्यसैगरी, जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताएका छन् । “अस्पतालको गुनासो पेटीकामा हेर्दैगर्दा बिरामीका विभिन्न समस्यामध्ये औषधि पाइएन भन्ने गुनासो धेरै थियो”, उनले भने, “सम्पूर्ण औषधिको खरिद सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी गराइगरेका छौँ । फार्मेसीमा औषधिको अभाव हुन दिएका छैनौँ ।”

आवश्यक किमोथेरापीका सम्पूर्ण औषधि, जनरल औषधि, एन्टिबायोटिक, दुखाइ कम गर्ने र सर्जिकल सामग्रीसहितका करिब छ सय भन्दाबढी औषधि फार्मेसीमा हाल उपलब्ध रहेका रहेको पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा सर्जिकल अङकोलोजी, मेडिकल कङकोलोजी, रेडियसन अङकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस, इमेजिङ, न्युक्लियर मेडिसिन, एनेस्थेसियोलोजी, प्यालिएटिभलगायत सेवा उपलब्ध छन् ।

त्यसैगरी, पेट सिटी स्क्यानसँगै साइक्लोटोन उत्पादन र बोनम्यारो प्रत्यारोपण परियोजना छिट्टै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?