Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सेना दिवसका अवसरमा सैनिक प्रदर्शनी हुने


महेन्द्रनगर,कञ्चनपुर। महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ ।

यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।

सो क्रममा इतिहासदेखि हालसम्मका सेनासम्बन्धी गतिविधि तथा हातहतियार, उपकरण, पोशाकलगायत विविध विषयवस्तु प्रदर्शनमी रहने सेनाले जनाएको छ भने निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थीलगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ भने कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?