Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म


काठमाडौं। आनीछोइङ डोल्माको जीवनीप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ ।

त्यस्तै, हङकङस्थित सिटी युनिभर्सिटीमा आमसञ्चारका प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर सो वृत्तचित्र तयार गरेका हुन्। फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिएका छन् ।

डोल्माको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको जनाइएको छ भने उक्त निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहने बताएका छन् ।

त्यस्तै, सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि डोल्माले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?