Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पहिलो मारुनी नाच प्रतियोगिता फागुन २६ मा


काठमाडौं। रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ ।

उक्त समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गरेकी छन् ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ भने रेडियो लाङटाङले हालसम्म रसुवा र नुवाकोट जिल्लास्तरीय घाँसेगीत, रसुवा जिल्लास्तरीय लोकगीत र वक्तृत्वकला तथा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं उत्तरगया धाम र केरुङमा नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक छलफल कार्यक्रम आयोजना गरिसकेको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?