Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अब्यवस्थित बसोबासीको जग्गा दर्तामा राजश्व घटाउन झापा काङ्ग्रेसको माग


२ चैत,बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अब्यवस्थित बसोबासीको एक परिवारलाई एक विगाहसम्म जग्गाको लालपुर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको यही चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सहयोग गर्न तमाम् विद्यार्थी समूदाय र पार्टीका विभिन्न तहगत इकाइ परिचालन गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै मतदान गर्ने माननीय सांसदहरु र उहाँलाई उम्मेद्वार बनाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिने बैठकले निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका जिल्ला सदस्य रमेशकुमार दाहालकी माता चन्द्रकुमारी दाहालको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्दै बैठकले शोकप्रस्ताव पारित गरेको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?