Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अब्यवस्थित बसोबासीको जग्गा दर्तामा राजश्व घटाउन झापा काङ्ग्रेसको माग


२ चैत,बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अब्यवस्थित बसोबासीको एक परिवारलाई एक विगाहसम्म जग्गाको लालपुर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको यही चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सहयोग गर्न तमाम् विद्यार्थी समूदाय र पार्टीका विभिन्न तहगत इकाइ परिचालन गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै मतदान गर्ने माननीय सांसदहरु र उहाँलाई उम्मेद्वार बनाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिने बैठकले निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका जिल्ला सदस्य रमेशकुमार दाहालकी माता चन्द्रकुमारी दाहालको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्दै बैठकले शोकप्रस्ताव पारित गरेको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?