Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र युवती मृत भेटिइन्, सीसीटीभी खोतल्दै प्रहरी


धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उक्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् । त्यस्तै, बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

अहिले उक्त घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जोशीले बताएका छन् । सो वडा कार्यालयको सीसीटीभी फुटेज जाँचसँगै मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?