Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भोजपुर नगर क्षेत्रलाई बालश्रममुक्त घोषणा गर्न तयारी सुरु


२ चैत्र ,टक्सार (भोजपुर) ।बालश्रम रोक्न भोजपुर नगरपालिकाले नगर क्षेत्रलाई बालश्रममुक्त नगर घोषणा गर्ने भएको छ । नगरपालिकाले नगर क्षेत्रका १२ वटै वडामा गएर बालश्रमको अवस्थाका बारेमा तथ्याङ्कसमेत सङ्कलन गरिसकेको छ ।

भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले नगर क्षेत्रलाई बालश्रममुक्त घोषणा कार्यका लागि सबै वडामा तथ्याङ्क सङ्कलन कार्य गरिएको जानकारी दिएका छन्‌ । उनले भने, “१२ वटै वडामा बालबालिकाको सङ्ख्या, शैक्षिक अवस्था, पारिवारिक अवस्था र बालश्रमको अवस्थाको तथ्याङ्क सङ्कलन भएको छ ।”

नगरपालिकाले सबै वडामा पाँच वर्षदेखि १७ वर्षसम्मका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको हो । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र वल्र्डभ्यू नेपालको संयुक्त आयोजनामा सदरमुकाममा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन भइसकेको छ ।

सम्बन्धविच्छेद र गरिबीका कारण बालश्रम बढी हुने गरेको पाइएको छ । कानूनमा व्यवस्था भएअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रम लगाउन नपाइने र १८ वर्षभन्दा मुनिका बालबालिकालाई जोखिमयुक्त श्रममा लगाउन पाइने छैन । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले भने, “घरायसी समस्या, आर्थिक अवस्था कमजोर, पारिवारिक सम्बन्ध र नागरिक सचेतनाको अभावमा बालश्रम न्यूनीकरण हुन नसकेको हो, नगर क्षेत्रलाई बालश्रममुक्त गर्न नगरपालिका लागिपरेको छ ।”

बालश्रमसम्बन्धी नीति व्यावहारिकरूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले बालश्रम रहर नभई बाध्यता भएको र यसलाई न्यूनीकरण गर्न सबै पक्ष लाग्नुपर्ने बताए । नगर क्षेत्रलाई बालश्रममुक्त बनाउनका लागि नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत शिक्षकलाई समेत अभिमुखीकरण गर्न थालिएको छ ।

अभिमुखीकरणका क्रममा शिक्षकलाई बालश्रम, न्यूनीकरण र सूचकका विषयमा जानकारी गराइएको भोजपुर नगरपालिकाका शाखा अधिकृत सुरेन्द्र राईले जानकारी दिए । सो क्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का भोजपुर प्रतिनिधि दावा लामाले समग्र बालश्रमको अवस्थाका बारेमा शिक्षकलाई सहजीकरण गरेका छन्‌।

अहिलको चुनौती बालश्रम न्यूनीकरण पनि भएकाले यसलाई निरुत्साहित गर्न जरुरी रहेको भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानको भनाइ छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?