Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

केपी ओली कपः एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै


काठमाडौं। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।

त्यसैगरी, ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् भने एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । उक्त खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ । आजै हुने दोस्रो खेल विभागीय डर्वी हुने छ । जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस आमने सामने हुने छन् भने आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि एन्फा मैदानमै खेलाइने छ । पुलिस र आर्मीको विजेताले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग खेल्ने छ ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टोलीले ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने अब सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले जावलाखेल युथ क्लबसँग खेल्ने छ । उक्त प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात वटा टिम सहभागी छन् भने ओली कपमा दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा सुरु भएको छ ।

त्यस्तै, विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?