Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

केपी ओली कपः एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै


काठमाडौं। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।

त्यसैगरी, ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् भने एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । उक्त खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ । आजै हुने दोस्रो खेल विभागीय डर्वी हुने छ । जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस आमने सामने हुने छन् भने आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि एन्फा मैदानमै खेलाइने छ । पुलिस र आर्मीको विजेताले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग खेल्ने छ ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टोलीले ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने अब सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले जावलाखेल युथ क्लबसँग खेल्ने छ । उक्त प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात वटा टिम सहभागी छन् भने ओली कपमा दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा सुरु भएको छ ।

त्यस्तै, विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?