Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मोरङमा ट्रक पल्टिदा किचिएका ३ बालबालिकाको मृत्यु


काठमाडौं। मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगति टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् ।

शुक्रबार बिहान आर जे २९ जीवी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगति टोलमा पल्टिएको थियो । त्यस्तै, लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योति अधिकारीकी ४ वर्षीया छोरी इसिता, छोरा निशान्त र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुङ्गा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो । ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उक्त दुर्घटनामा परी ज्योति गम्भीर घाइते छन् भने ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?