Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौं। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी-१० कै कठार जाँदै थिए, तर बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए ।

उक्त दुर्घटनामा चौधरीको मृत्यु भएको र वरपर अर्को सवारी नदेखिएका कारण कसरी दुर्घटना भयो भन्नेबारे यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?