Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौं। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी-१० कै कठार जाँदै थिए, तर बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए ।

उक्त दुर्घटनामा चौधरीको मृत्यु भएको र वरपर अर्को सवारी नदेखिएका कारण कसरी दुर्घटना भयो भन्नेबारे यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?