Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान जारी


काठमाडौं। नेकपा एमाले कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान हुँदै छ । उक्त अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए, तर यसबीचमा सर्व सहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरू विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो ।

सो अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार बिहानबाट मतदान सुरु भएको हो । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा छन् भने आज पहिलो मत अध्यक्षका उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए ।

त्यसैगरी, उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ भने गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् भने चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् ।

उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?